Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


कञ्चनपुरमा पक्राउ गरिएका ‘सिरियल किलर’ ठगुन्नालाई काठमाडौं ल्याइयो


0
Shares

महानगरीय अपराध महाशाखाको टोलीले ‘सिरियल किलर’ ठगुन्नालाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट पक्राउ गरी बिहीबार काठमाडौं ल्याएको हो ।

महाशाखाका अनुसार अभियुक्त ठगुन्नामाथि व्यक्ति हत्याका कयौं उजुरी छन् । उनीमाथि २०६४ मा काठमाडौं बत्तीसपुतली बस्ने मिश्रीमाया श्रेष्ठको हत्या अभियोग, २०६१ मा जबर्जस्ती करणी गरेको मुद्दा ललितपुर जिल्ला अदालतमा चल्दैछ भने २०६४ असार १० गते गल्फकोर्समा शंकर अधिकारीलाई गोली हानेको अभियोग पनि छ ।

त्यस्तै डाँकासम्बन्धी मुद्दाहरुमा पनि उनीबारे अनुसन्धान भइरहेको छ । –कान्तिपुर दैनिकबाट