भारतको एक अस्पतालमा एकै दिन ८ शिशुको मृत्यु • Image Khabar Image Khabar


भारतको एक अस्पतालमा एकै दिन ८ शिशुको मृत्यु


Imagekhabar
२० आश्विन २०७४, शुक्रबार ११:४८

भारतको एक अस्पतालमा एकै दिन ८ शिशुको मृत्यु

आसामको एक अस्पतालमा एकै दिन आठ बालबालिकाको मृत्यु भएको हो । आसामको बारपेटामा रहेको फखरुद्दिन अली अहमद मेडिकल कलेजमा २४ घण्टामा आठ बालबालिकाको मृत्यु भएको हो । त्यहाँका बासिन्दाले डाक्टरको लापरवाही र अस्पतालको कमजोर संरचनाका कारण बालबालिकाको मृत्यु भएको आरोप लगाएका छन् ।

अस्पतालले भने यो एउटा संयोगमात्र भएको प्रतिक्रिया दिएको छ । ज्यान गुमाउनेमा भर्खर जन्मेका शिशुदेखि २ महिनासम्मका छन् ।

गर्भावस्थामा आमाले राम्रो स्वास्थ्य जाँच नगराएकाले कमजोर शिशु जन्मिँदा ज्यान गएको हुन सक्ने बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्