बस र रेल ठोक्किदा मस्कोमा १९ जनाको मृत्यु • Image Khabar Image Khabar


बस र रेल ठोक्किदा मस्कोमा १९ जनाको मृत्यु


Imagekhabar
२० आश्विन २०७४, शुक्रबार १४:५३

बस र रेल ठोक्किदा मस्कोमा १९ जनाको मृत्यु

रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किदा १९ जनाको मृत्यु भएको हो ।

यस दुर्घटनाको बारेमा क्षेत्रीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । स्थानीय समायानुसार शुक्रबार बिहानीपख करिब साढे ३ बजे सो दुर्घटना भएको थियो ।

प्राप्त पछिल्लो समाचारअनुसार उक्त दुर्घटनामा १९ व्यक्तिको मृत्यु भएको क्षेत्रीय स्वास्थ्य सेवाका प्रमुख एलेस्एन्ड्रे किर्युखिनले तास समाचार समितिलाई बताएका छन् ।

गृह मन्त्रालयले प्रकाशित गरेको एक विज्ञप्तिअनुसार यस दुर्घटनामा परी मारिएका व्यक्तिहरुमा बस र रेल दुबैका यात्रुहरु रहेका छन् । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्