३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


छुट्टाछुट्टै घटनामा एक बालकसहित दुई जनाको मृत्यु


0
Shares

कर्जन्हा नगरपालिका– ५ का रवीन लामाको १० वर्षीय छोरा सम्भोग लामा वाइवाको मृत्यु भएको हो ।

भाई र साथीसँग कमला नदीको नहरमा पौडी खेल्ने क्रममा सिकिस्त भएका सम्भोगको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यसैगरी, पानी तान्ने मोटरमा करेन्ट लागेर शुक्रबार बिहान सिरहाको बरियारपट्टी गाउँपालिकामा एकजनाको मृत्यु भएको छ ।

बरियारपट्टी गाउँपालिका– ५ गोविन्दपुरका ५० वर्षीय मुनेश्वर रामको मृत्यु भएको हो । आफ्नै खेतमा मोटरबाट पानी तानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर रामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस