नोबेल शान्ति पुरस्कार परमाणु अस्त्रविरुद्ध काम गर्ने संस्था ‘आइक्यान’लाई • Image Khabar Image Khabar


नोबेल शान्ति पुरस्कार परमाणु अस्त्रविरुद्ध काम गर्ने संस्था ‘आइक्यान’लाई


Imagekhabar
२० आश्विन २०७४, शुक्रबार १७:२९

नोबेल शान्ति पुरस्कार परमाणु अस्त्रविरुद्ध काम गर्ने संस्था ‘आइक्यान’लाई

नोबेल समितिकी अध्यक्ष बेरिट राइस एन्डरसनले उक्त समूह ‘आइक्यान‘ले परमाणु अस्त्रमाथि प्रतिबन्ध लगाउने सन्धी ल्याउन गरेको महत्वपूर्ण प्रयासका लागि सो पुरस्कार दिइएको बताएकी छन् ।

एन्डरसनले उत्तर कोरियाको प्रसंगसमेत उल्लेख गर्दै परमाणु अस्त्र भएका राष्ट्रहरुले हतियारहरु विस्तारै हटाउनका लागि वार्ताको पहल गर्न आह्वानसमेत गरेकी ‘बीबीसी‘ले उल्लेख गरेको छ ।

नोबेल समितिले हामी बसिरहेको विश्वमा परमाणु अस्त्रको प्रयोगको सम्भावना अहिलेसम्मकै सबभैन्दा उच्च रहेको उल्लेख गरेको छ ।

नोबेल शान्ति पुरस्कार परमाणु अस्त्रविरुद्ध काम गर्ने संस्था ‘आइक्यान’लाई

जुलाइमा १२२ राष्ट्रहरुले सबै परमाणु अस्त्र प्रतिबन्ध गर्दै त्यसलाई निर्मूल पार्नका लागि बनाइएको संयुक्त राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेका थिए । तर, बेलायत र अमेरिकासहितका विश्वका ९ ओटा परमाणु शक्तिसम्पन्न राष्ट्रहरुमध्ये कसैले पनि त्यसमा हस्ताक्षर गरका छैनन् ।

स्वीजरल्यान्डको जेनेभामा मुख्यालय रहेको १० वर्ष पुरानो संस्था ‘आइक्यान’मा विभिन्न गैरसरकारी संस्थाहरु सम्मिलित रहेका छन् ।

यस समूहले आगामी डिसेम्बरमा हुने कार्यक्रममा ११ लाख अमेरिकी डलरसहितको पुरस्कार पाउनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्