३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ सम्पन्न


0
Shares

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखानसमेत रहेको जात्रामा खटको गजुर उल्टाउने, देउतामाथि राख्ने र पूजा तल गर्ने, रथ पनि उल्टो घुमाउने र महको चाकाबाट बनाएको फूल प्रयोग गर्ने गरिन्छ ।

यस्तो प्रचलन कुनैपनि जात्रामा नहुने भएकाले पनि जात्रालाई कहीँ नभएको जात्रा भनिएको हो ।

नौ महिनामा सुत्केरी हुनु पर्नेमा सत्य युगमा एक महिलाको गर्भ १२ वर्षसम्म रहेपछि नारायणलाई खुसी पार्न कहीँ नभएको जात्रा र कहीँ नभएको फूल चढाउने वाचा गरी सुत्केरी गराइएको र त्यसपछि जात्रा सुरु भएको किंवदन्ती रहेको छ ।