
प्रहरी कर्मचारीको हैसियतमै उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । भदौ २८ मा उनले दिएको राजीनामा स्वीकृत भएको छैन ।
राजीनामा स्वीकृत भई पेन्सनपट्टाको प्रक्रिया सुरु नभएसम्म सरकारी कर्मचारी बहालवाला पदमै कायम रहन्छन् ।
नियमावली अनुसार डिआइजीको राजीनामा मन्त्रीस्तरीय निर्णयबाट सदर हुन्छ । जानकार स्रोतका अनुसार सिलवालको राजीनामा गृहमन्त्रालयमा पुगेको छैन । उनको राजीनामा पत्र प्रहरीको प्रहरी प्रशासन महाशाखा मै छ ।
प्रहरी प्रवक्ता मनोज न्यौपानेले सिलवालको राजीनामा स्वीकृत नभई प्रशासनिक प्रक्रिया मै रहेको बताए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्