२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ प्रशोचन गर्दै


0
Shares

राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमा बढी भएको रकम बोलकबोलबाट उठाउन लागेको हो ।

३० दिने निक्षेप संकलन उपकरणमार्फत उठाइएको उक्त रकमको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । निक्षेपको साँवा ब्याज भुक्तानी कात्तिक २१ गते हुनेछ ।

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको हो । बजारमा अहिले कसिरब एक खर्ब रुपैयाँ अधिक तरलता छ ।

बैंक तथा बित्तीय संस्थामा अधिक तरलता देखिए पनि अधिक ब्याजदरका कारण निजी क्षेत्रले कर्जा लिन मानिरहेको छैन । –अन्नपूर्ण पोस्ट दैनिकबाट