३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


उतराखण्डको कोटद्वारमा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु


0
Shares

काठमाडौं, असार १७ । भारतको उतराखण्डको कोटद्वारमा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ ।

कोटद्वारको भौनबाट रामनगरतर्फ गइरहेको बस नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको हो । दुर्घटनामा केही घाइते भएका छन् ।

२८ जनाको सिट क्षमता रहेको बसमा ५० जनाभन्दा बढी यात्रु सवार रहेको अधिकारीहरुले जनाएका छन् ।

केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।(एजेन्सी)