दैनिक २ हजार  रोहिंग्या शरणार्थी बंगलादेश प्रवेश • Image Khabar Image Khabar


दैनिक २ हजार  रोहिंग्या शरणार्थी बंगलादेश प्रवेश


Imagekhabar
२१ आश्विन २०७४, शनिबार १७:०२

दैनिक २ हजार  रोहिंग्या शरणार्थी बंगलादेश प्रवेश

म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको बंगलादेशको कोक्स् बजार हुँदै उनीहरु बंगलादेश प्रवेश गर्ने गरेका अन्तर्राष्ट्रिय आप्रवासी संगठनले शुक्रबार जानकारी दिएको छ ।

संगठनका प्रवक्ता जोएल मिलम्यानले गत अगस्टदेखि म्यानमारका रोहिंग्या शरणार्थी बंगलादेशमा प्रवेश गर्ने गरेकोमा अहिलेसम्म झन्डै पाँच लाख १५ हजार जना म्यानमारका शरणार्थीहरु बंगलादेशमा छिरिसकेका छन् ।

बंगलादेशको सरकारले म्यानमारका शरणार्थीलाई झन्डै एक हजार एकर्ड क्षेत्रफल रहेको जमिनमा राखेको छ भने, गत सेप्टेम्बर १४ बाट अर्को इलाकामा अरु दुई हजार एकर्ड क्षेत्रफल उनीलाई राख्न मिल्ने बनाइएको छ ।

अहिले बंगलादेशले झन्डै सात लाख शरणार्थीलाई आश्रय दिन लागेकाले यो विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर हुन सक्ने बताइएको छ ।

शरणार्थीहरुमध्ये झन्डै दुई लाख १८ हजार जनालाई यसअघि तत्काल पोषण खाद्य पदार्थ आवश्यकता थियो ।

सो खाद्य पदार्थको आवश्यकता भएका मध्ये पाँच वर्ष मुनिका बालबालिकाको संख्या मात्रै झन्डै एक लाख ४५ हजार रहेको छ ।

साथै, हजारौँ गर्भवती र सुत्केरी महिलालाई पनि पोषणको अत्यावश्यकता देखिएको मिलम्यानले जानकारी दिए ।

अन्तर्राष्ट्रिय आप्रवासी संगठनले ती शरणार्थीहरुका लागि झन्डै तीन लाख १० हजार लिटर सफा पानी वितरण गरेको छ ।

तर, त्यो पानी उनीहरुका लागि ‘समुद्रमा एक थोपा पानी’ जस्तो मात्रै भएको मिलम्यानले टिप्पणी गरेका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्