१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025


कांग्रेस सांसदको फरक मतका बाबजुत चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित


0
Shares

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गरेको छ ।

समितिको आज बसेको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको हो । समितिले पारित गरेको विधेयकमा नेपाली कांग्रेसका सदस्यहरुले भने फरक मत राखेका छन् ।

विधेयकमा डा. गोविन्द केसीले उठाएका सबै विषय नसमेटिएको भन्दै कांग्रेसका सांसदले फरक मत राखेका हुन् ।

तर सरकार पक्षीय सांसदहरुले भने डा.केसीका माग सम्बोधन भएको दाबी गरेका छन् ।