२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


राप्रपालाई फकाउँदै देउवा, हिन्दु राज्यमा सकारात्मक !


0
Shares

थापासँग आइतबार अपराह्न भएको भेटमा देउवाले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले सरकारमा सहभागी हुन गरेको आग्रहलाई सकारात्मक रुपमा लिदैं थापाले सोमबार बिहान पार्टी कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । उक्त बैठकले सरकारमा जाने निर्णय गरेमा थापालाई महत्वपूर्ण मन्त्रालय दिएर सरकार पुनर्गठन हुने स्रोतको दाबी छ ।

राप्रपा उच्च स्रोतका अनुसार माओवादी मन्त्रीलाई हटाउन देउवाले सरकार पुनर्गठन गर्ने भएका छन् । पुनर्गठित सरकारमा थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने प्रवल सम्भावना छ ।

राप्रपा अध्यक्ष थापाले संविधानमा धर्मनिरपेक्षताको ठाउँमा हिन्दु धर्म र गणतन्त्रको ठाउँमा संवैधानिक राजतन्त्रका विषयमा वामपन्थी र लोकतान्त्रिक जुन गठबन्धनले स्वीकार्छ, त्यसैको पक्षमा लाग्ने प्रस्ताव पटक–पटक लगेका थिए । थापाको प्रस्तावलाई एमाले अध्यक्ष केपी ओलीले अस्वीकार गरेको राप्रपा उच्च स्रोत बताउँछ ।

प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गर्दा पनि थापाले हिन्दु र राजतन्त्रमा सकारात्मक हुन आग्रह गरेका थिए । देउवा राजतन्त्रको सवालमा पुरै मौन बसेका थिए । एक प्रश्नको उत्तरमा स्रोतले भन्यो, ‘राजतन्त्रमा पुरै मौन रहे पनि हिन्दु धर्ममा देउवाको पोजेटिभ बडि ल्यांग्वेज पाइयो ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट