Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


पर्यटन मन्त्री देवद्वारा निर्वाचन आयोगमा स्पष्टीकरण पेश


0
Shares

आयोगले मन्त्री देवलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई आयोगको सहमतिबिना सरुवा गरेको विषयलाई लिएर २४ घण्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न असोज १९ गते आदेश दिएको थियो ।

आयोगका प्रवक्ता नवराज ढकालले पर्यटनमन्त्री देवले आज आयोगमा उपस्थित हुनुभई स्पष्टीकरण बुझाएको जानकारी दिए ।

आयोगले मन्त्री देवलाई निर्वाचन आचारसंहिताको अवहेलना हुनेगरी गरेको कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा १० विपरीत भए गरेको पुष्टि हुन आएको हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ?

पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफसहित आयोगमा उपस्थित हुन आदेश दिएको थियो ।