दिपावलीभर नयाँदिल्लीमा पटका विक्रि तथा आतिसवाजीमाथि प्रतिबन्ध • Image Khabar Image Khabar


दिपावलीभर नयाँदिल्लीमा पटका विक्रि तथा आतिसवाजीमाथि प्रतिबन्ध


Imagekhabar
२३ आश्विन २०७४, सोमबार १६:१३

दिपावलीभर नयाँदिल्लीमा पटका विक्रि तथा आतिसवाजीमाथि प्रतिबन्ध

नयाँदिल्लीको वायु प्रदुषणमा आउने परिवर्तनलाई जाँच्नको लागि पटका बिक्रि तथा आतिसवाजीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको सर्वोच्च अदालतले जनाएको छ ।

तर, अदालतले आतिसवाजीमाथि अरु समयमा पनि पूर्ण प्रतिबन्ध लगाउनु भने अति हुने उल्लेख गरेको छ । पटका विक्रीमाथिको प्रतिबन्ध कात्तिक १ गतेसम्म तोकिएको छ ।

यसवर्षको दिपावली कात्तिक १ गतेबाट सुरु हुँदै छ । दिपावलीका अवसरमा पटका पट्काउने, आतिसवाजी गर्नाले वातावारण थप प्रदुषित हुने गर्दछ । दिल्ली विश्वमै वायु प्रदुषणको दर अत्यन्तै उच्च रहेको शहर हो ।

वायु प्रदुषण अत्याधिक भएपछि यसअघि नयाँदिल्लीमा तीन दिन सबै विद्यालय बन्द गरिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्