
गत चार दिनको अवधिमा अमेरिकी हवाई आक्रमणमा कम्तीमा २५० जना मारिएको र अरु दर्जनौ घाइते भएको सिरियाको मानव अधिकारवादी संस्थाले सोमबार जानकारी दिएको छ । मारिने सवै सर्वसाधारण नागरिक रहेको पनि समाचारमा जनाइएको छ ।
‘सिरियन अब्जरभेटरी फर ह्युमन राइटस’का अनुसार गत जुन देखि अहिलेसम्म अमेरिकी नेतृत्वको हवाई आक्रमणमा परी एक हजार ११७ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २६७ जना बालबालिका र १६४ जना महिला रहेको पनि उक्त संस्थाले जनाएको छ ।
बेलायतमा कार्यालय रहेको यस संस्थाले स्लामिक स्टेट (आइएस) लडाकूको नियन्त्रणमा रहेको सिरियाको रक्का सहरलाई उनीहरुबाट ८५ प्रतिशत मुक्त गरिसकेको जनाएको छ । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्