Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


हिन्दूराष्ट्र कायम गर्न जनमतसंग्रहको माग गर्दै विरोध प्रदर्शन


0
Shares

रत्नपार्कबाट सुरु भएको प्रदर्शन नगरका विभिन्न भागको परिक्रमा गरी बसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

पार्टीको पूर्वनिर्धारित् कार्यक्रमअन्तर्गत् सोमबार विरोध प्रदर्शन गरिएको हो ।

पार्टीका अध्यक्ष कमल थापाले नेपालमा परापूर्वकालदेखि नै वैदिक परम्परा र हिन्दू सभ्यताका आधारमा सामाजको व्यवस्थापन भएको बताउँदै बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्मनिरपेक्ष कायम गर्न नहुने बताए ।

नेपाल करिब पाँच हजार वर्ष पूरानो हिन्दूराष्ट्रकारुपमा स्थापित रहेको अभिलेख तथा शिलालेख पाइएको बताउँदै उनले राष्ट्रिय एकताका लागि अलांकरिक राजसंस्थाको खाँचो रहेकाले आफ्नो पार्टीले वैचारिक दृष्टिकोणमा यी दुई विषयलाई प्राथमिकतामा राखेको स्पस्ट पारे ।

अध्यक्ष थापाले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हिन्दूराष्ट्र र राजसंस्थाको विषय जनमतसंग्रहबाट टुंगो लगाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्षद्वय टंक ढकाल र राजीव पराजुली, महामन्त्री जयन्त चन्द, केन्द्रीय सदस्य देवेन्द्र प्रधानलगायत नेता सहभागी थिए । रासस