Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


प्रहरीलाई फोन गरी मनोज पुन समूहबाट गौचनको हत्या गरेको दाबी


0
Shares

गौचनको सोमबार दिउँसो काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएपछि प्रहरीलाई टेलिफोन गरी गत वर्ष रुपन्देहीको देवदहमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने मनोज पुनको समूहले हत्याको जिम्मा लिएको हो ।

सो समूहको सदस्य दाबी गर्ने व्यक्तिले काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकलाई टेलिफोन गरी आफ्नो समूहले गोली हानेको बताएको हो ।

नम्बर नदेखिने टेलिफोनबाट फोन गरेका सो व्यक्तिले हिसाब–किताब नमिलाएकाले गोली हानेको बताएको हो ।

गत वर्ष भएको तिवारीको हत्याराहरु पनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन । पुन मुम्बईमा बस्दै आएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

अध्यक्ष शरद गौचनको गोली हानी हत्या, हत्याको विरोधमा प्रदर्शन (भिडियो)