काठमाडौं, पुस २४ । नेपाली कांग्रेस संसदीय दलले सदन विधि र नियमावलीअनुसार नचलेको निष्कर्ष निकालेको छ ।
कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा नेताहरुले कुनैपनि सार्वजनिक विषयमा प्रधानमन्त्री वा मन्त्रीहरुले मन्तव्य दिइसकेपछि सांसदहरुले प्रश्न राख्न पाउने आधिकारलाई कुन्ठित गर्न खोजिएको निष्कर्ष निकालिएको छ ।
गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिसकेपछि प्रतिपक्षी दलको हैसियतले प्रश्न राख्न खोज्दा बोल्न नदिइएकोप्रति पनि बैठकले आपत्ति जनाएको छ ।
यसैगरी, कतिपय महत्वपूर्ण विधयकहरु छलफल नै नगरी सदनमा प्रस्तुत् गरिएको भन्दै महत्वपूर्ण विधेयक ल्याउनुअघि छलफल हुनुपर्ने माग पनि कांग्रेस संसदीय दलले गरेको छ ।









प्रतिक्रिया दिनुहोस्