
लामो समयदेखि नेपाली कामदार रोजगारीका लागि जाने मुलुकसँग श्रम सम्झौता गर्नुपर्ने आवाज उठिरहेको बेला जोर्डनसँग श्रम सम्झौताले अन्तिम रुप लिएको हो ।
श्रम सम्झौतामा हस्ताक्षर गर्न श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरसहितको टोली अर्को साता जोर्डन जाने कार्यक्रम तय गरिएको छ ।
जोर्डन नेपाली महिलाले रुचाएको प्रमुख गन्तव्यमध्येमा पर्दछ । जोर्डनमा घरेलु कामदारको माग अत्यधिक रहेकाले पुरुषको तुलनामा त्यता जानेमा महिला धेरै छन् । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्