संसदका कर्मचारीको खाजा खर्चबापत बेरुजु १२ करोड रुपैयाँ फर्स्योटको तयारी • Image Khabar Image Khabar


संसदका कर्मचारीको खाजा खर्चबापत बेरुजु १२ करोड रुपैयाँ फर्स्योटको तयारी


Imagekhabar
२५ आश्विन २०७४, बुधबार ०६:३५

संसदका कर्मचारीको खाजा खर्चबापत बेरुजु १२ करोड रुपैयाँ फर्स्योटको तयारी

अर्थ मन्त्रालयको स्वीकृतिविपरीत संसदको व्यवस्थापन समितिले कर्मचारीलाई ८० प्रतिशत भत्ता र दैनिक (कार्यालयको दिन ६ सय र बिदाको दिन ७ सय ५० रुपैयाँ) खाना भत्ता दिएको थियो ।

कर्मचारीलाई दोहोरो सुविधा दिन नमिल्ने भन्दै महालेखा परीक्षकको कार्यालयले कर्मचारीको खाजा भत्तामा बाँडिएको १२ करोड रुपैयाँ बेरुजु निकालेको थियो । यति ठूलो रकम बेरुजु हुने देखेपछि सभामुख ओनसरी घर्तीमगरले महालेखा परीक्षकसँग आफैं कुराकानी गरेर बेरुजु फर्स्योट गर्न प्रक्रिया सुरु गरेकी हुन् ।

सभामुख घर्तीले अबदेखि दोहोरो सुविधा नबाँड्ने शर्तमा अर्थबाट सहमति लिई बेरुजु फर्स्योटका लागि महालेखामा पत्राचार गरेकी छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्