१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


खेत जोत्नेक्रममा गोरुले हान्दा युवकको मृत्यु


0
Shares

स्थानीयवासी जितबहादुर चौधरीको घरमा काम गर्ने मजदुर ३५ वर्षीय सोमरी खुनाको हलो जोत्नेक्रममा गोरुले हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

गोरुको प्रहारबाट छातीमा गम्भीर चोट लागेका खुनालाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । रासस