सिटिइभिटी सम्बन्धन महाशाखाका प्रमुख काफ्लेलाई कालोमोसो दलियो • Image Khabar Image Khabar


सिटिइभिटी सम्बन्धन महाशाखाका प्रमुख काफ्लेलाई कालोमोसो दलियो


Imagekhabar
२५ आश्विन २०७४, बुधबार १९:३३

सिटिइभिटी सम्बन्धन महाशाखाका प्रमुख काफ्लेलाई कालोमोसो दलियो

प्रहरीकाअनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अर्जुन बमसहितको विद्यार्थी टोलीले काफ्लेको कार्यकक्षमै पुगेर कालोमोसो दलेका थिए ।

केही दिनअघि सिटिइभिटीले नर्सिङलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना गर्नेगरी सम्बन्धन दिएको विरोधमा विद्यार्थीले कालोमोसो दलेका हुन् ।

कालोमोसो दलेलगत्तै प्रहरी पुगेपछि विद्यार्थीहरू पछाडिको ढोकाबाट भागेको प्रहरीले बताएको छ ।

शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सम्बन्धन दिएको भएपनि कालोमोसो कर्मचारीलाई दलिएको भन्दै सिटिइभिटीका कर्मचारीले भने विरोध गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्