गाउँपालिका कार्यालयमा बम विस्फोट

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा शुक्रबार राति अज्ञात समूहले बम विस्फोट गराएको छ ।

प्रदेश ५ मा अस्पतालका पदाधिकारी र महिला सदस्य नियुक्त

पृथ्वीचन्द्र अस्पताल नवलपरासीको महिला सदस्यमा सरिता पौडेललाई नियुक्त गरेको छ । यस्तै मन्त्री लिला गिरीका अनुसार बैठकले विज्ञापन कर सम्वन्धी निर्णय गरेको छ ।

‘समयमै काम नगरे १० वर्षमा पोखरा पनि काठमाडौं जस्तै बन्ने छ’

पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा साढे दुई करोडको लागतमा निर्माण हुने आकाशे पुलको शिलान्यास गरिएको छ ।

काठमाडौं महानगरपालिकाले महानगर दिवस भव्य रुपमा मनाउने

काठमाडौं महानगरपालिकाले महानगर दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । महानगरपालिकाले आज काठमाडौमा पत्रकार सम्मेलन गरी यहि मंसिर २८ र २९ गते विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउने निर्णय गरेको जानकारी गराएको छ ।

प्रदेश ५ को स्थायी राजधानी र नाम अझै टुंगो लागेन, सिफारिस समितिका सांसदहरु विदेश भ्रमणमै मस्त

सत्तारुढ दल नेकपाभित्रकै शक्ति संर्घषकै कारण प्रदेश ५ को नाम र स्थायी राजधानी तोक्न ढिलाइ भइरहँदा सिफारिस समितिका सांसदहरु भने विदेश भ्रमणमा निस्केका छन् । राजधानीको नाम र केन्द्रबारे प्रतिवेदन दिने समय पटक–पटक थपेपनि समितिको प्रतिवेदन बुझाउन छाडेर सांसदहरु भारत भ्रमणमा गएका हुन् ।

हात्ती आतंकका मृतक र घाइतेका परिवारलाई नगरपालिकाको सहयोग

महाकाली नगरपालिकामा हात्तीको आक्रमणमा परि मृत्यु भएकाको पीडित परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

तीन सय ६८ स्थानीय तहको केन्द्रसम्म सडक पुग्न बाँकी

अध्ययनका अनुसार देशभरका सबै पालिकाको केन्द्रमा पुग्ने चार हजार २०० किमी सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने देखिएको विभागले जनाएको छ ।

मेयरहरुले गरे उपत्यका विकास प्राधिकरण खारेजीको माग

काठमाडौं, ललितपुर र भक्तपुरमा उपलब्ध मेयर तथा उपमेयरहरूको फोरमले उपत्यका विकास प्राधिकरण खारेजीको माग दोहोर्‍याएको छ ।

भुकम्पले क्षति पुर्‍याएका ३२ विद्यालय भवन हस्तान्तरण

महाभारत गाउँपालिकामा भूकम्पले क्षति पुर्‍याएको ३२ वटा विद्यालय भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वनय इकाई(शिक्षा)को आयोजनामा विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरिएको हो ।

वडाध्यक्षमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

प्रहरीले उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।