Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


गौचनको हत्यापछि निर्माण व्यवसायीलाई तारन्तार फोन धम्की


0
Shares

उताबाट भनेको उनले पुरै बुझ्न सकेनन् । ‘तेरो अध्यक्ष’ भन्ने शब्दमात्र सुने । फोन काटियो । बेलुका ७ बजे घर पुग्दा उनको मोबाइलमा नम्बर नदेखिएको दुईटा मिस कल थियो ।
‘बारम्बार फोन आइरहेको थियो । एक कलमात्र उठाउन सकें,’ देउजाले भने, ‘लवज मंगोलियन भए पनि त्यति प्रष्ट सुनिएन ।’

सोमबार दिउँसो बानेश्र खरीबोट नजिकै घरबाट अनामनगरमा रहेको महासंघको कार्यालय हिँडेका गौचनको गोली हानेर हत्या भएपछि निर्माण व्यवसायीलाई तारन्तार फोन कल आइरहेको छ । बुधबारसम्म १० जना व्यवसायीले आफूलाई धम्की आएको जानकारी गराइसकेका छन् ।

धम्कीको फोन भारतबाट

व्यवसायी, प्रहरी र सञ्चारकर्मीलाई ाएको फोनको आधारमा स्थान पहिल्याउँदा सबै कल भारतबाट आएको देखिएको अनुसन्धान सम्बद्ध स्रोतले बतायो । सबै कल इन्टरनेटमार्फत आएको थियो । –नागरिक दैनिकबाट