२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


चिनियाँ टोली गुल्मीमा कृषि क्षेत्रको अध्ययनका लागि आउँदै


0
Shares

नेपालको ग्रामीण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासका लागि यही असोज २७ गते मुसिकोट नगरपालिका–१ को पौदी क्षेत्रको सम्भाव्यता अध्ययनका लागि टोली आउँदै गरेको भर्माचौर नमूना एकीकृत कृषिफार्म मुसिकोट नगरपालिका–१ का सचिव दीनानाथ पौड्यालले जानकारी दिए ।

सचिव पौड्यालका अनुसार कृषि उत्पादनको संकलन तथा प्रदर्शन कार्यक्रम भएको हुँदा आआफ्नो गाउँघर तथा छरछिमेकमा कृषकले उत्पादन गरेका कृषिउपज तथा उत्पादित वस्तुलाई कृषि प्रदर्शनीमार्फत उत्कृष्ट कृषकलाई पुरस्कृतसमेत छ ।

नेपाली कांग्रेसका युवा नेता दामोदर भुसालले भने, ‘जैविक कृषि प्रणालीको सम्भाव्यता र कृषि क्षेत्रमा नेपाल र चीनको सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्नका लागि टोली आउने भएको हो ।’

उक्त अध्ययनका लागि चीनका आठजना विशेषज्ञसहितको टोली आउनेसमेत नेता भुसालले जानकारी दिए ।

चीन सरकारले उपलब्ध गराएको छात्रबृत्तिमा विद्यावारिधि गर्दै गरेका भुसालले आफ्नो विशेष पहल तथा त्रिवि वनस्पति विभागको आयोजना र स्थानीय भर्माचौर नमूना एकीकृत कृषि फार्म मुसिकोट–१ को समन्वयमा चीन सरकारको मातहतमा रहेको विकास अनुसन्धान केन्द्रको उच्चस्तरीय टोली गुल्मी तथा बाग्लुङको पौदी क्षेत्रमा अनुसन्धान, परीक्षण तथा सम्भाव्यता अध्ययनका लागि आउन लागेको जानकारी दिए । (रासस)