
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले उकालो लागेर १५ सय १० कायम भएर थामियो । अघिल्लो दिन पनि ४ अंकजसोले नै उकालो लागेको थियो ।
अन्य, वाणिज्य बैंक र व्यापार समूह हरियो रहेसँगै नेप्से सकारात्मक रहन पुगेको हो । अन्य समूह ३० अंकले उकालो लाग्यो । बिमा समूह सबैभन्दा उच्च ३० अंकले ओराले लाग्यो । जलविद्युत्, विकास बैंक, होटल र वित्त समूह सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीका ९ लाख बराबर कित्ता सेयर साढे ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्