२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पत्रकारलाई निर्वाचनसम्बन्धी प्रशिक्षक प्रशिक्षण


0
Shares

विराटनगरमा गरिएको एक दिने प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर १ मा पर्ने १४ जिल्लाका २८ जना पत्रकार सहभागी थिए ।

कार्यक्रममा क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले मतदाता शिक्षा प्रभावकारी बनाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले सञ्चारकर्मीलाई प्रशिक्षण दिइएको बताए ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले आगामी निर्वाचनमा मत बदर हुन नदिन सबै मतदातालाई सचेत बनाउनुपर्नेमा जोड दिए ।

पोखरामा पनि प्रशिक्षण

पोखरामा पनि निर्वाचन र सञ्चार क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय पोखरालले गरेको एक दिने प्रशिक्षणमा प्रदेश नं. ४ का ११ जिल्लाका २२ जना प्रशिक्षार्थी सहभागी थिए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले समाचार संकलनका क्रममा कुनै असुरक्षाको वातावरण देखिन गए जिल्ला सुरक्षा समितिले सुरक्षाको प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गरे ।