काठमाडौं, पुस २३ । राजपा अध्यक्षमन्डलका संयोजक राजेन्द्र महतोले कैलाली क्षेत्र नम्बर–१ का विजयी सांसद रेशमलाल चौधरीलाई शपथ खुवाएपछि अब मुद्दा फिर्ताको एजेन्डा रहेको बताएका छन् ।
इमेज च्यानलको कार्यक्रम ‘सम्भाष’मा कुरा गर्दै उनले आन्दोलनमा भएका ज्यादतीमा विगतदेखि नै आपराधिक मुद्दा चलाइने नगरेकाले अहिले पनि त्यसो गर्न नमिल्ने बताए ।
उनले प्रदेशको सिमाना हेरफेर गरेर राज्य पुनर्संरचना आयोगको प्रतिवेदनबमोजिम १० प्रदेश निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि आफूहरुले संविधान संशोधनको एजेन्डा अगाडि सारेको पनि बताए ।
मधेसी, जनजाति, थारुलगायतको छुट्टा–छुट्टै आन्दोलनले उपलब्धि हासिल नभएको भन्दै उनले राजपा महाविधेशनपछि वैकल्पिक शक्ति बन्ने अभियानमा यही संविधानबमोजिम नयाँ आन्दोलनमा लाग्ने घोषणासमेत गरे ।









प्रतिक्रिया दिनुहोस्