Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


‘विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार संवेदनशील’


0
Shares

विराटनगर, पुस २३ । प्रदेश नम्बर–१ का मुुख्यमन्त्री शेरधन राईले विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।

प्रदेश नम्बर–१ आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले सोमबार विराटनगरमा गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा प्रदेशको प्राथमिकता गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले समयमै ऐन–कानुुन बनाएर जोखिम न्यूनीकरणको कार्यलाई अघि बढाएको बताए ।

उनले ठुूल्ठूला सडक, पूर्वाधार तथा बस्ती निर्माण गर्दा आउनसक्ने जोखिमलाई ध्यान पुुर्‍याउँदै विकास निर्माणका कामलाई अघि बढाउनुपर्ने बताए ।