२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


रियाल मड्रिड विजयी हुँदा बार्सिलोना बराबरीमै, रोनाल्डोले गरे निर्णायक गोल


0
Shares

तालिकाको दोस्रो स्थानमा उक्लिने क्रममा रियाल मड्रिडले गेटाफेलाई २-१ ले हरायो । रियालका लागि क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे ।

पाँच खेलको प्रतिबन्धपछि हालै मात्र मैदानमा उत्रेका रोनाल्डोले क्लबका लागि निर्णायक गोल गरेका हुन् ।

लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई भने शनिबार रातीको एथ्लेटिको मड्रिडले १-१ गोलको बराबरीमा रोकेको छ ।

एथ्लेटिकोका साउल निग्वेजले पहिलो गोल गरे पनि बार्साका लुइस सुवारेजले खेल सकिन ८ मिनेट बाँकी छँदा बराबरी गोल गरेका हुन् ।

ला लिगाका अन्य खेलमा एथ्लेटिक बिल्बाओले सेभियालाई १÷० ले हराउँदा रियाल सोसिडाडले आलाभेजलाई २-० ले पराजित गर्‍यो ।