११ असार २०८२, बुधबार | Wed Jun 25 2025


उम्मेदवारमा सिफारिस भएकाहरु नेताहरुको घरदैलोमा (भिडियो)


0
Shares

बन्द सूचीलाई अन्तिम रुप दिन भने दलहरुलाई निकै सकस पर्‍यो । उम्मेद्वारको सूची तयार पार्न भित्र नेताहरु बैठक बसिरहेका थिए भने बाहिर कार्यकर्ताहरुको भीड लागेको थियो ।

सयौँ कार्यकर्ता क्षेत्र र जिल्ला स्तरवाट सिफारिस भएको आफ्नो उम्मेदवारीलाई सुनिश्चित गर्न केन्द्रमा आएर पार्टीका शीर्ष तथा प्रभावशाली नेताहरुको घरदैलो मात्र नभई उम्मेदवारीलाई अन्तिम रुप दिन बसिरहेका बैठक बाहिर घण्टौं कुर्ने गरेका छन् ।

आफ्नो उम्मेद्वारी पक्का गर्न भनेर टाढा–टाढाबाट आएका कार्यकर्ताले पार्टीका शीर्ष नेतालाई भेट्न भने सहज छैन । तर, उनीहरुले अझै नेताहरुलाई भेटेर उम्मेदवारी पक्का गर्ने आशा भने जीवितै राखेका छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्