
म्यादी प्रहरीमा भर्ना हुने व्यक्तिले नेपाल प्रहरीको जवानसरह सेवा–सुविधा पाउने भएपछि पाल्पामा युवायुवतीदेखि पाका उमेरका महिला–पुरुषसमेत म्यादी प्रहरीमा आकर्षित भएका हुन् ।
सदरमुकाम तानसेनमा बिहान ९ बजेदेखि नै आवेदन दिनेको लामो लाइन हुने गरेको छ ।
प्रहरी प्रधान कार्यालयले असोज २६ देखि असोज ३० गतेसम्म आवेदन संकलन गर्ने जनाएको छ ।
डडेल्धुरामा पनि भीड
डडेल्धुरामा पनि म्यादी प्रहरीका लागि आवेदन दिनेहरुको भीड लागेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा पुगेका सैयौं युवायुवतीहरुले सीमित समयको लागि भएपनि सरकारी जागिर खाने र निर्वाचनमा मतदान केन्द्र, मतदानस्थल तथा मतदाताको सुरक्षा प्रदान गर्ने उद्देश्य रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्