
विनोद ज्वेलर्सका सन्चालक विनोद सोनी फरार भएपछि सुनधनीहरुको बिच्चली भएको छ ।
तीन महिनादेखि पसल बन्द भएपछि ग्राहकले प्रहरीलाई खबर गरे ।
खबरलगत्तै प्रहरीले सोमबार स्थानीय र घरधनीको रोहवरमा पसलको ताला फोडेपछि पसलभित्र र्याकमा सुनचाँदीको गहना राख्ने स्थान खाली फेलापरेको छ ।
व्यवसायी सोनीले एक वर्षदेखि घर भाडासमेत नतिरेको घरधनी सुरेश अग्रवालले बताए ।
प्रहरीले उनको खोजी भइरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्