२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


रामेछापका १६ ओटा सरकारी कार्यालय प्रमुखविहीन


0
Shares

तिहार बिदा हुनु चार दिनअगावै कार्यालय प्रमुख घर हिँडेपछि जिल्लाका सेवाग्राही भने समस्यामा परेका छन् ।

प्रमुखविहीन हुने कार्यालयमा जिल्ला स्वास्थ कार्यालय, राष्ट्रिय पुनःनिर्माण शाखा, जिल्ला खेलकुद विकास समितिलगायत छन् ।

यसैगरी, ६ ओटा गाउँपालिकाका प्रमुख र इलाका प्रशासन कार्यालय लाप्चानेका प्रमुख पनि कार्यालयमा उपस्थित नहुँदा अधिकांश कर्मचारी कार्यालयमा हाजिर भएका छैनन् ।

यतिधेरै कार्यालय प्रमुखले एकैपटक कार्यालय छाडेको आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेले बताए ।

राजनीतिकरुपमा पनि नेताहरु टिकट खोज्न काठमाडौ हिँडेपछि सदरमुकाम मन्थली सुनसान भएको छ ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरु पार्टी कार्यालय र तिनका प्रभावशाली नेताको घरमा ‘लबिड’ गर्न व्यस्त छन् ।