
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माकाअनुसार म्यादी प्रहरीका लागि बैतडीमा १८१८ जनाले आवेदन दिएका छन् ।
आवेदन दिएकाहरुको छनोट प्रक्रिया आगामी कात्तिक ५ देखि ८ गतेसम्म गरिने उनले बताए ।
म्यादी प्रहरीमा छनोट भएकाहरुको तालिम भने कात्तिक १२ गतेदेखि सन्चालन हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले खोलेको म्यादी प्रहरीको आवेदन दिनेमा युवा बढी रहेका छन् ।
असोज २४ देखि असोज ३० गतेसम्म आवेदन फारम खुला गरिएको थियो ।
बैतडीमा प्रदेशसभाका लागि २ र प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको छ ।
१ लाख ३२ हजार ३१७ मतदाता रहेको बैतडीमा अगामी मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्