आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि म्यादी प्रहरीको भर्ना खोलिएपछि सो संख्यामा आवेदन परेको हो ।
५५ दिने जागिरका लागि यही असोज २४ देखि असोज ३० गतेसम्म दरखास्त दिन सकिने समय तोकिएको थियो ।
सोमबार अन्तिम दिनसम्म अछाममा २ हजार ३१६ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
म्यादी प्रहरीका लागि १ हजार ९३२ जना पुरुष र ३८४ जना महिलाहरुले आवेदन दर्ता गराएको अछामका डीएसपी दधिराम न्यौपानेले बताए ।










प्रतिक्रिया दिनुहोस्