२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नागरिक–प्रहरी देउसी–भैलो


0
Shares

‘नागरिक–प्रहरी देउसी–भैलो कार्यक्रम’ नाम दिएर मंलबारदेखि सदरमुकाम परासीबाट सुरु गरिएको कार्यक्रम तीन दिनसम्म सन्चालन हुने प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले बताए ।

‘मुस्कानसहितको प्रहरी सेवा’ अभियानअन्तर्गत् सन्चालन गरिएको उक्त देउसी–भैलोमा प्रस्तुत् गीत चेतनामूलक छन् ।

अपराध नियन्त्रण र शान्ति–सुरक्षा कायम गर्नाका लागि प्रहरीलाई सघाउन भैलो कार्यक्रममार्फत् अनुरोध गरिएको छ । चेतनामूलक देउसीगीतमा महिला प्रहरी र स्थानीय कलाकारको नृत्य रहेको छ ।

गाउँ घरमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न स्थानीय जनताको प्रमुख सहयोग रहने भएकाले प्रहरीसँगको सामिप्यतालाई बढाउन कार्यक्रमले सघाउ पुर्‍याउने नायब उपरीक्षक खाँडको विश्वास छ ।