२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गोपाल खड्कालाई मन्त्रालयमा काममा लगाउन आयोगको सहमति


0
Shares

आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयमा झिकाई काममा लगाउन आयोगसँग सहमति माग गरेको थियो ।

सरकारले कार्यकारी पदमुक्त गरेकोमा सर्वाेच्च अदालतले निर्देशक खड्कालाई पुनर्बहाली गर्ने आदेश दिएको थियो । सर्वाेच्चको आदेशपछि काममा फर्किएका खड्कालाई मन्त्रालयमा काममा लगाउन आपूर्ति मन्त्रालयले आयोगको सहमति माग गरेको हो ।

मन्त्रालयको मागअनुसार आयोगको आचारसंहितासँग सम्बन्धित मंगलबारको बैठकले मन्त्रालयलाई उक्त कार्यका लागि सहमति प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई तोकिएको कार्य सर्तअनुसार कार्यसम्पन्न गरी प्रतिवेदन पेश गर्ने कार्यका लागि मन्त्रालयमा झिकाउन लागेको आयोगलाई जानकारी गराएको छ । रासस