बुटवल, पुस २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले जनताको भावना नबुझी अगाडि बढे प्रतिकूल अवस्था आउने बताएका छन् ।
आइतबार बुटबलमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले कम्युनिष्ट आन्दोलन र जनताको हितका लागि पार्टी एकता गरेकाले नेतृत्व सजग हुनुपर्ने बताए ।
पराजित भएका शक्तिहरु आन्दोलनको उपलब्धी उल्ट्याउन दश गुणा बढी बलसहित लागेको भन्दै उनले कमजोरी सच्याउँदै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
क्रान्ति पूर्णरुपमा सफल नभएको बताउँदै उनले विश्व इतिहासबाट पनि पाठ सिक्नुपर्ने उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्