Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


राष्ट्रपतिसँग संवैधानिक निकायका पदाधिकारीको भेटवार्ता


0
Shares

भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात, महालेखा परीक्षक टंकमणि शर्मा, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, महान्यायाधिवक्ता वसन्तराम भण्डारीलगायत संवैधानिक निकायका पदाधिकारी एवं सचिवसमेतको उपस्थिति थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आसन्न शुभदीपावली, नेपाल संवत् तथा छठपर्वको उपलक्ष्यमा शुभकामना दिएको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस