Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


राष्ट्रपतिमाथिको हमला गणतन्त्रमाथिकै हमला हो : प्रधानमन्त्री (भिडियो)


0
Shares

काठमाडौं, पुस २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको महाअभियानमा सरकार जुटेको भन्दै त्यसमा सहयोग गर्न विपक्षीहरुलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकासका कामले गति लिएकाले विरोध गर्नुको औचित्य नभएको पनि बताए ।

प्रतिनिधि सभाको हिउँदे अधिवेशन शुरु भएपछि आइतबार पहिलो पटक सम्बोधन गरेका प्रधानमन्त्री ओलीले अहिले पनि काम नगरे कहिले गर्ने भन्ने प्रश्न गर्दै विरोध गर्नुको औचित्य नरहेको बताए ।

मुलुकमा आपराधिक घटना नियन्त्रण भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले निर्मला पन्तको हत्यामा संलग्नहरुलाई पत्ता लगाईछाड्ने प्रतिवद्धता जनाए ।

उनले संवैधानिक राष्ट्रपतिले गरेका कामको सबै जिम्मेवारी सरकारले लिने भन्दै राष्ट्रपतिमाथिको हमला गणतन्त्रमाथिकै हमला भएको बताए ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्