२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पटाका आयातमा रोक, सीमा नाकामा कडाई,जुवातासविरुद्घ गस्ती


0
Shares

तिहार सुरु भएसँगै पटाका तथा ज्वलनशील पदार्थ भित्रिन सक्ने भन्दै सीमा क्षेत्रमा चेकजाँचमा पनि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । विशेष गरेर पटका भारतबाट आयात हुने भन्दै सीमानाका झुलाघाट लगायतका क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको हो ।

पटाका ओसारपसार, किनबेच गर्ने र पड्काउने सबैलाई कारवाही गरिने उनले बताए ।

पटाकाको ओसारपसार र कारोवार हुने ठाउँको पहिचान गरेर प्रहरीले निगरानी बढाएको उनको भनाइ थियो । उनले भने, ‘पटाका पड्काउने, पड्काउन उक्साउने, बिक्री गर्ने र ओसारपसार गर्ने सबैलाई कारवाहीको दायरामा ल्याइने छ ।’

तिहारलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरीले सबै सीमावर्ती नाकाका भारतीय प्रहरीसँग समन्वय गरेर चेकजाँच बढाएको छ ।

चाडपर्वका नाममा रमाईलो गर्दा पटकाको आवाज र आतसवाजीले ध्वनी प्रदूषण हुने, धनजनको क्षति हुने, आतंक फैलिने र मानवीय स्वास्थ्यमा समेत असर पर्ने भएपछि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

तिहारलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न देउसी भैली राती अबेरसम्म नखेल्न पनि प्रहरीले आग्रह गरेको छ ।