
रुकुमलाई ५२ पोखरी ५३ टाकुरीको जिल्ला भनिएपनि यहाँ सानाठूला गरी १५० भन्दा बढी ताल तथा पोखरी रहेका छन् ।
पछिल्लोपटक पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका–३ र ५ को मध्यभागमा रहेको स्यार्पूताल अवलोकन गर्न अन्तरिक तथा बाह्य पर्यटक पुग्नेक्रम बढेको छ ।
पर्यटकको चहल–पहल बढेसँगै तालको सुधार गर्न स्थानीय जुर्मुराएपछि तालको मुहार नै परिवर्तन भएको छ ।
माछा र आधुनिक डुंगा सयरले प्रसिद्ध यो तालको मनोरम दृश्य हेर्न ठूलो संख्यामा पर्यटक पुग्ने गरेका छन् ।
तर, वर्षात्को समयमा स्यार्पूतालमाथिबाट आउने बाढी–पहिरोको माटोले ताल नै पुरिने अवस्थामा रहेकाले त्यसबाट हुने क्षतिलाई रोकथाम गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।
पर्यटकलाई सहज बनाउने उद्देश्यले स्थानीयले ताल आसपासमा होटल र होमस्टेसमेत सन्चालन गर्न थालेका छन् ।
स्यार्पूतालको प्रचार–प्रसार गर्नसके पश्चिम रुकुमकै पर्यटन र आर्थिक उपार्जनका लागि बलियो स्रोत बन्ने स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्