
तिहारको अवसरमा प्रधानन्यायाधीशको दैलोमा भैलो खेल्न पुगेका सञ्चारकर्मीसँग उनले मुलुकमा चुनाव अपरिहार्य रहेको प्रष्ट पारे ।
सिद्धान्त, कानून, पद्धति र प्रणालीलाई बचाउने काम न्यायालयले गर्दै आएको र यो निरन्तर रहने उनले बताए । उनले न्यायालय बलियो भए मात्र विधिको शासन बलियो हुने भएकाले सबैले न्यायालयलाई विवादभन्दा माथि राख्नुपर्ने उल्लेख गरे ।
संविधान र कानूनको पालना आजको आवश्यकता भएकाले त्यसमा दृढ भएर लाग्न सबैलाई उनले अपीलसमेत गरे ।
सञ्चारकर्मी र न्यायाधीश एकै हुन् भन्दै उनले सत्यको पक्षमा आवाज उठाइरहन सञ्चारकर्मीलाई आग्रह गरे । सञ्चारकर्मी र न्यायाधीशको पक्ष नहुने र बरु सबैको हुने जिकीर उनले गरे ।
उनले न्यायालय आफ्नै गतिमा चल्ने र निष्पक्ष काम गर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्