
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार डुबेर बेपत्ता हुनेमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उनका भाई २८ वर्षीय राजकुमार श्रेष्ठ छन् ।
दिउँसो १ बजे श्राद्ध गर्न पूर्व देवघाटतर्फको नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन् ।
प्रहरी नायब उपरीक्षक आचार्यका अनुसार बेपत्ता श्रेष्ठ दाजुभाईको खोजी कार्य जारी छ । (रासस)
प्रतिक्रिया दिनुहोस्