काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको निजी सचिवालयले जनाएको छ ।
गत बिहीबार नै प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्ने भनिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अहिलेसम्म गरेका कामकारबाहीबारे जानकारी दिँदै नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचार र छानबिन समिति गठनलगायतका विषयमा पनि बोल्ने सम्भावना रहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्