
वर्षको एक दिन भाइटीकाका दिन खुल्ने यस मन्दिरमा टीका लगाउनेको बिहानैदेखि भीड लागेको हो ।
बालगोपालेश्वर मन्दिरमा आफ्ना दाजुभाइ नहुने दिदीबहिनीहरुले टीका थाप्न आउने दाजुभाइलाई टीका लगाइदिने चलन छ ।
त्यसैगरी, टीका थाप्न पुगेका दाजुभाइले टीका लगाइसकेपछि दक्षिणा दिए ।
उनीहरुले टीका लगाइसकेपछि एक–आपसमा सुख, शान्ति र दीर्घायुको कामना पनि गरे ।
तिहारको भाइटीकामा वर्षको एक दिनमात्र खुल्ने भएकाले बालगोपालेश्वर मन्दिरको दर्शन गर्नकै लागि पनि सर्वसाधारण पुग्ने गरेका छन् ।
तर, दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको भूकम्पबाट क्षतिग्रस्त बालगोपालेश्वर मन्दिरको अझै पुनःनिर्माण नगर्दा दर्शनका लागि असुविधा भएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्