२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मुस्ताङको स्याउ : लोकप्रियता बढ्दै, किसान दङ्ग (भिडियो)


0
Shares

हिमालपारीको जिल्ला मुस्ताङमा सडक यातायात सुलभ बनेपछि यसतर्फ किसान आकर्षित भएका हुन् ।

मुस्ताङसम्म सडक जोडिएर स्याउले बगैंचाबाटै उचित मूल्य पाएसँगै मुस्ताङका किसान दंग छन् । नेपालको बजारमा चिनियाँ स्याउले आफ्नो बर्चश्व जमाइरहेका बेला मुस्ताङ्गे स्याउको पहिचान भने बेग्लै छ ।

मुस्ताङको स्याउले नेपाली उपभोक्ताबीच आफ्नै पहिचान बनाएको छ । मुस्ताङ्गे स्याउको मागअनुसारको आपूर्ति पनि सडक मार्गको पहुँचसँगै बढ्दै गएको छ ।

२०२३ सालमा न्युजिल्याण्डबाट विरुवा ल्याएर स्याउ खेती शुरु गरिएको मुस्ताङ अहिले स्वादिलो स्याउको केन्द्र नै बनेको छ ।

पछिल्लो समय मुस्ताङ्गे स्याउको माग बढेसँगै स्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । विगतमा प्रतिकेजी १५/२० रुपैयाँमा पनि बिक्री हुन कठिन हुने स्याउ अहिले बोटमै ८० देखि सय रुपैयाँसम्म पर्ने स्थानीय किसान बिष्णु शर्मा बताउँछन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्