Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


शान्तिपूर्णरुपमा उम्मेदवारी दर्ता


0
Shares

विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको हो ।

३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका लागि ७४ सिटका लागि उम्मेदवारी दर्ता शान्तिपूर्णरुपमा भएको निर्वाचन आयोगले जनाएको छ ।

आइतबार बिहान १० बजेबाट उम्मेदवारी दर्ता सुरु गरिएको हो भने अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्नसकिने व्यवस्था निर्वाचन आयोगले गरेको थियो ।

उम्मेदवारी घोषणा नै ढिला भएकाले कतिपय जिल्लामा भने साँझ अबेरसम्म उम्मेदवारी दर्ता भएको थियो ।

विभिन्न राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारहरु तामझामका साथ उम्मेदवारी मनोनयन गर्न सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

पहिलो चरणमा उच्च हिमाली तथा पहाडी क्षेत्रका ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ ।

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा निर्वाचन हुनेछ ।

उम्मेदवारको मनोनयन दर्तापछि निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी २०७४ कात्तिक ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने कार्यक्रम छ ।