Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


नेपालमा अझैपनि गुणस्तरीय स्वास्थ्य सेवाको अभाव : पूर्वराष्ट्रपति


0
Shares

काठमाडौं, पुस २१ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालमा अझैपनि गुणस्तरीय स्वास्थ्य सेवाको अभाव रहेको बताएका छन् ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटडको ११औं वार्षिकोत्सवको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले ग्रामीण क्षेत्रमा आर्थिक अभाव भएका जनता गुणस्तरीय स्वास्थ्य सेवावाट बन्चित रहेकाले यसतर्फ सम्बन्धित पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

पूर्वराष्ट्रपति डा. यादवले सरकारी र गैरसरकारीलगायत सबै क्षेत्र मिलेरै स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्नसकिने विश्वास व्यक्त गरे ।